logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित हुँदा ग्रामिण क्षेत्रको विकासमा चुनौती थपियाे: मुख्यमन्त्री शर्मा

    बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित हुँदा ग्रामिण क्षेत्रको विकासमा चुनौती थपियाे: मुख्यमन्त्री शर्मा

    2.4K
    Shares
    बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित हुँदा ग्रामिण क्षेत्रको विकासमा चुनौती थपियाे: मुख्यमन्त्री शर्मा

    वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित गामिण क्षेत्रको विकासमा चुनौती थपिको बताएका छन् ।

    नागरिक लगानी कोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

    उनले बैक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भुगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती बढेको बताउँदै उनले भने, ‘हाम्रा प्राकृतिक श्रोत साधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैक तथा वित्तीय संस्थाहरू ग्रामीण स्तरसम्म पुग्नुपर्ने थियो। तर त्यसो भएको छैन। लगानी भएपनि उत्पादन भन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ। बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन्। नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सहि ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्ने तिर नागरिक लगानी कोष लाग्नुपर्छ।’

    उनले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको बताउँदै त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend