मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताए । उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए । उनले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गरे ।

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे । उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताए ।

उनले भने, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन् । अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो । यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन । कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो । कमजोरीप्रति आँखा चिम्लिने पनि होइन । त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले आफ्नो महत्व र भुमिकालाई अस्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend