काठमाडौं । आज मंगलवार संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दैछ ।
महिला तथा सामाजिक समितिको बैठक साढे ११ बजे बस्दैछ भने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न साढे १२ बजे बस्दैछ ।
बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । समितिगत विषयहरूमा बैठकमा छलफल हुनेछ ।