धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आजको बसेको प्रदेश सभाको बैठकमा बहुमतले पारित भएको छ ।
२४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज मंगलबार प्रदेशसभा बैठकले बहुमतले पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा आफ्नो मत दिएको छ। प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्ने प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ ।