logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी

    राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी

    1.5K
    Shares
    राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

    अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।

    स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend