logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै

    महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै

    2.3K
    Shares
    महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै

    काठमाडौँ । नेपाली क्रिकेट टोलीले हङ्कङमा जारी एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार भारतको ’ए’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

    नेपाल र भारत ‘ए’ बीचको खेल बिहान ११ बजेर १५ मिनेटमा मा सुरु हुने तय भएको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो ।

    प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend