logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • असार दोस्रो साता हेटौँडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुने

    असार दोस्रो साता हेटौँडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुने

    1.6K
    Shares
    असार दोस्रो साता हेटौँडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुने

    हेटौँडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौँडामा प्रदेश युवा सम्मेलन हुने भएको छ । सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रदेश युवा परिषद्ले सम्मेलनबारे जानकारी गराएको हो ।

    बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनबारे जानकारी गराए । युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार, नवप्रवर्तन, उद्यमशीलता र व्यक्तित्व विकास गर्न सम्मेलन आयोजना गरिएको उपाध्यक्ष चौलागाईंले बताए। अहिले सबै क्षेत्रमा युवाहरुको सहभागिता सोचेअनुरुप नभइरहेको उनले बताए।

    देशमा युुवाहरु अहिले रित्तिँदै गइरहेको अवस्था जोगाउन सम्मेलन आयोजना गर्न लागिएको उनले बताए। युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईंको भनाइ छ ।

    प्रदेश युुवा परिषद्की अध्यक्ष एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका युवाहरुको सन्दर्भमा केही गरौं र नयाँ गरौं भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्। कार्यक्रमले समग्र युवालाई अगाडि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

    आयोजना गर्न लागिएको सम्मेलन अरुभन्दा फरक भएकाले युवाहरुका लागि यो अवसरको कुरा रहेको उनले बताइन् । उनले प्रदेश युवा परिषद्का क्रियाकलाप उल्लेखनीय र प्रभावकारी भएको पनि दावी गरेकी छिन् ।

    सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिला सहभागी हुने जनाइएको छ ।

    जिल्लाबाट जिल्ला युवा समितिमार्फत् नै ७५ जना सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत् सहभागिताका लागि ६० जना युवा सहभागी हुने जनाइएको छ । यस्तै, सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् । सम्मेलनमा २० देखि ३५ वर्ष उमेर समूहका युवाहरु सहभागी हुने जनाइएको छ ।

    सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिको रुपमा सहभागी गराउने जनाइएको छ । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।

    सम्मेलनमा ५ वटा सत्रको आयोजना गरिने जनाइएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन्। सूचना प्रविधिका विषयमा युवा वैज्ञानिक कोषका सदस्य डा. गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन्।

    यस्तै, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्ने जनाइएको छ ।

    उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर अनकल अनलाइनका सञ्चालक डा। सुयश कार्की र नेपाली उत्पादनको प्रवद्र्धनमा सक्रिय पूर्वमिसनेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछिन्।

    यस्तै, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आ–आफ्ना प्रस्तुति र अन्तरक्रिया गर्ने तय भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend