logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    1.6K
    Shares
    विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । विधान अधिवेशनको तयारी गर्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समिति बैठक असार ९ गते बिहान बिहान १० बजेका लागि बाेलाएकाे छ ।

    केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ ।

    जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन आयोजना गर्दैछ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।

    केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि बन्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend