logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बालेनको चेतावनीकै बीच ‘आदिपुरुष’ फिल्म प्रदर्शन हुँदै

    बालेनको चेतावनीकै बीच ‘आदिपुरुष’ फिल्म प्रदर्शन हुँदै

    4.6K
    Shares
    बालेनको चेतावनीकै बीच ‘आदिपुरुष’ फिल्म प्रदर्शन हुँदै

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उल्लंघन भएको छ ।

    संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नभएकाले चलचित्र निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए ।

    तर संघमा छलफल गरिएलगत्तै महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको बताए । उनले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि जानकारी दिए ।

    मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघको आकस्मिक बैठक बसेको थियो ।

    शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए ।

    उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । त्यसका लागि मे ३ दिनसम्मको समय दिइएको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend