logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

    समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

    2.4K
    Shares
    समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए । उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे ।

    उनले भने, ‘समाजवादी मोर्चाको चर्चा सबैभन्दा बढी छ । यो मोर्चा गठन गर्ने बारेमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौँ । यस मोर्चालाई चाँडो भन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुनेकुरा सर्वसम्मतिले घोषणा गरेका छौँ ।’

    उनले संसद र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको बताए ।

    समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend