मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

माओवादी केन्द्रका उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

माओवादी केन्द्रका उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

काठमाडौं । वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थिए। वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend