logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

    कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

    1.8K
    Shares
    कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

    शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको आउँदो आव को बजेट पेश गरेका हुन् ।

    प्रस्तुत प्रदेशको आर्थिक विद्येयकमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत बजेट विनियोजन भएको छ ।

    यस्तै, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४.३८ प्रतिशत विनियोजन गरेको छ ।

    बजेटको स्रोततर्फ ८३ करोड ६२ लाख १२ हजार आन्तरिक राजश्वबाट उठाउने लक्ष्य दिएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान गरिएको छ ।

    आर्थिक मामिलामन्त्री सिंहले संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने बताए ।

    यस्तै, ७६ करोड १६ लाख समुपुरक अनुदान र विशेष अनुदान ५९ करोड ७९ लाख प्राप्त भएको छ भने १ करोड ८६ लाख ९० हजार वैदेशिक सहायतबाट प्राप्त हुने अनुमान बजेटमा उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend