काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट प्रस्तुत गरेको छ ।
आज शुक्रवारको प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट पेश गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्षको भन्दा आर्थिक वर्ष ०८०/०८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजारले घटाएर ल्याइएको छ ।