logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

    मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

    3.8K
    Shares
    मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फेरी अस्वस्थ भएका छन् ।

    मुटुमा समस्या देखिएपछि उनलाई शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको थियो ।

    राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको जानकारी दिए ।

    स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ ।

    राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई फेरि स्वास्थ्य समस्या देखिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend