logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • मन्त्री किराँतीकाे आईडी नक्कली बनाएर बालेनविरुद्ध प्रतिक्रिया दिएको खुलासा

    मन्त्री किराँतीकाे आईडी नक्कली बनाएर बालेनविरुद्ध प्रतिक्रिया दिएको खुलासा

    4.4K
    Shares
    मन्त्री किराँतीकाे आईडी नक्कली बनाएर बालेनविरुद्ध प्रतिक्रिया दिएको खुलासा

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको नक्कली आईडी बनाएर काठमाडौं महानगरकालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध पोष्ट गरिएको खुलेको छ ।

    आज (शनिबार) मन्त्री किराँतीले आफ्नो नक्कली आईडी बनाएर मेयर बालेनविरुद्ध अरु नै कसैले पोष्ट गरेको बताएका हुन् ।

    ‘बालेनले मलाई नसोधी एयरपोर्टमा विकासको काम गरेछ । चित्तबुझ्दो स्पष्टीकरण नदिए बालेनलाई उडानमा प्रतिबन्ध लगाउने छु’ मन्त्री किरातीको फोटो रहेको फेसबुक आईडीबाट पोष्ट गरिएको थियो ।

    उक्त अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिँदै मन्त्री किराँतीले भनेका छन्, ‘यता यस्तो खेती हुँदै रहेछ । भ्रममा नपर्नु होला, मेरो यो आईडी नक्कली बनाइएछ । बालेनजीको बारेमा मलाई थाहा भएन । स्मरण रहोसः ऐन कानुनभन्दा माथि लोकतन्त्रमा कोही हुँदैन्’ उनले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend