logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले सांसद गैरेको प्रश्न– के भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

    एमाले सांसद गैरेको प्रश्न– के भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

    1.9K
    Shares
    एमाले सांसद गैरेको प्रश्न– के भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

    काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनि सरकारलाई प्रश्न गरेका छन् ।

    भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् सिता भारतकी छोरी हुन भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे ।

    आईतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे ।

    उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एक इन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताए ।

    सांसद गैरेले भने, ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत । अहिले कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ । अहिले फेरी यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन । त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिईराखेका छन । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाँही पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशका ेरक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एकइन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ ।’

    सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरुष सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend