logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • समाजवादी मोर्चाको घोषणा भोलि हुँदै

    समाजवादी मोर्चाको घोषणा भोलि हुँदै

    1.6K
    Shares
    समाजवादी मोर्चाको घोषणा भोलि हुँदै

    काठमाडौं । माओवादी केन्द्रसहित चार दल सम्मेलित समाजवादी मोर्चा घोषणा भोलि गरिने भएको छ ।

    आइतबार प्रधानमन्त्री निवास, बालुबाटारमा बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको जानकारी दिए ।

    समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।

    नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । अहिलेलाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति गरिएको छ ।

    मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए ।

    मोर्चाले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत निर्वाह गर्नसक्ने उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend