logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतले गड्डाचौकीदेखि सुकासालसम्म नेपाली भूमि नापजोख गर्‍यो, छानविन हुनुपर्छ: रास्वपा

    भारतले गड्डाचौकीदेखि सुकासालसम्म नेपाली भूमि नापजोख गर्‍यो, छानविन हुनुपर्छ: रास्वपा

    1.9K
    Shares
    भारतले गड्डाचौकीदेखि सुकासालसम्म नेपाली भूमि नापजोख गर्‍यो, छानविन हुनुपर्छ: रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

    आईतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले यही असार १ गते भारतीय प्राविधिकहरुको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुईकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए ।

    उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताए ।

    उनले भने, ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गईरहेको छु । असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हार्इंवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन् । के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय । उनीहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानविनका लागि म सम्माननीय सभामुखमार्फत् गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । ’

    उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाईएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend