काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गराएका नेपाली ओपनर कुशल भुर्तेल आउट भएका छन् । उनले ९५ बनमा ९९ रनको योगदान गर्दै क्रिजबाट बाहिरिएका हुन् ।
यो सँगै टस हारेर पहिले व्याटिङ गर्न पुगेको नेपालले ३३ ओभर सकिँदा एक विकेटको क्षतिमा १ सय ७१ रन जोड्न सफल भएको छ ।
उनले शतक पूरा गर्ने मौका गुमाएका छन् ।
पाँच वर्षपछि नेपालले जिम्बाब्बेसँग ५० ओभरको पहिलो खेलमा प्रतिस्पर्धा गरेको हो।
टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत भएकाले नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।