काठमाडौं । विश्वकप क्रिकेट छनोटको आफ्नो पहिलो जिम्बाव्वे विरुद्धको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।
जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरेर आउट गरे । उनले ९५ बल खेल्दाँ १३ चौका र २ छक्का जिम्बाव्वेविरुद्ध प्रहार गरे ।
पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी ।
यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको अहिलेसम्मकै विशाल साझेदारी हो ।