logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक आएन : हीतराज पाण्डे

    संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक आएन : हीतराज पाण्डे

    1.4K
    Shares
    संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक आएन : हीतराज पाण्डे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले नआएको बताएका छन् ।

    आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे ।

    उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए । उनले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए । उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए ।

    उनले भने, ‘यो बजेटलाई हेर्दा संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले आएको छैन । तर यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो । हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ । हामी बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा कुरा उठाइरहेका छौँ । यो बजेट मिलेन, प्रक्रिया मिलेन । त्यसमा छलफल गर्दैछौँ । सम्भवतः यसलाई करेक्शन गर्नेछौँ । बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लागाँै ।’

    प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लाग्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend