logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • काभा अन्तर्राष्ट्रिय पुरुष भलिबलमा नेपाल मङ्गोलियासँग पराजित

    काभा अन्तर्राष्ट्रिय पुरुष भलिबलमा नेपाल मङ्गोलियासँग पराजित

    2.1K
    Shares
    काभा अन्तर्राष्ट्रिय पुरुष भलिबलमा नेपाल मङ्गोलियासँग पराजित

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।

    कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३–१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफनो पक्षमा पार्‍यो ।

    त्यस्तै, खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७–२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५–२० ले विजयी भयो ।

    उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend