logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछः घिसिङ

    ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछः घिसिङ

    1.5K
    Shares
    ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछः घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका छन् । आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका हुन् ।

    उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए । उनले प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताए ।

    उनले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गरे । उनले विद्युतसमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति रहेको बताए । घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताए । उनले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने बताए । उनले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताए । उनले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताए ।

    उनले ५ वर्ष भित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले विद्युत बिस्तारका लागिसमग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताए ।

    उनले भने, ‘विद्युत ट्रान्समिसन लाइन बनाउनको लागि वनको धेरै ठूलो समस्या छ । भन्दा धेरै कुरा हुन्छ । ट्रान्समिसन लाइनको ठूलो समस्या छ । कसरी समस्या समाधान गर्ने सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने छ । स्थानीय निकाय देखि संघीय सरकार र हरेक व्यक्ति समुदायको सहयोग भएन भने नेपालमा ट्रान्समिटर लाइन धेरै ठूलो चुनौती छ । जब ट्रान्समिसन लाइन बन्दैन । घरघरमा जाने लाइनको ट्रान्सफर्मर राख्न दिइँदैन । भने कसरी सप्लाई रिलाईएभल हुन्छ । विद्युत सहज सप्लाईको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसमा सबै निकायहरुको सहयोग भएन भने यो देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति छ । ट्रान्समिसन लाइन बनेन भने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना छैन । हेटौँडादेखि न्यु बुटवलसम्मको ४०० केभि लाइन जुन एमसीसीले बनाउने भनेको छ । त्यो लाइन यदी ढिलो भयो भने हाम्रो पावर पलानबाट भएको धेरै जसो विद्युत खेर जाने छ । हामी निर्यात गर्नसक्ने अस्थितिमा पनि हुँदैनौं । हाम्रो उद्योगहरुलाई पनि विद्युत दिनसक्ने अवस्थामा हुँदैनौं । त्यो भएको हुनाले यो योजनाहरुलाई कसरी छिटो बनाउने भन्ने तिर सबै निकायको ध्यान जानु जरुरी छ । निर्माणमा एउटा विषय हो भने अर्को लगानीको हो । ट्रान्समिसनलाइनमा ठूलो लगानी आवश्यक छ । अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न सकेनौं भने अर्को बिस्फोट (डिजास्टर)हुने वाला छ । अहिले हामीले हिसाव गर्दा ५ वर्ष भित्र हामीले शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्छ । हामीले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्छ भने समग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको छ । यो लगानीमा विद्युत प्राधिकरणले सकेको र विदेशी निकायहरुबाट प्राप्त ऋणले पनि पुग्ने अवस्थामा छैन । सबै निकायहरुले अर्थमन्त्रालय देखि सबैले विशेष ध्यान दिनुपर्ने छ ।’

    उनले प्राधिकरण नाफामा गएर करिव १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको बताए । उनले प्राधिकरण पछिल्लो ६ वर्षमा १ खर्ब रुपैयाँ लगानी गरेकाले लोडसेडिङ अन्त्य भएको दाबी गरे । उनले लोडसेडिङ विद्युत सप्लाई गरेर मात्रै पनि समाप्त नहुने भन्दै लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्न आवश्यक रहेको बताए ।

    उनले नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिव ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले सबै जनतालाई विद्युतको पहुँच पुर्‍याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पुर्‍याउन लागि रहेको बताए ।

    उनले उर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाइदिन सनसके अब आउने विद्युतलाई राम्रोसँग खपत गर्नसक्ने स्थिति नहुने बताए । उनले विद्युत प्राधिकरणले नाफा कमायो भन्दै प्राधिकरणलाई बजेट चाहिँदैन भन्न नमिल्ने बताए । उनले पाँच वर्षभित्र करिव २ खर्बको विद्युत निर्यात गर्ने उद्देश्यले लगानी भइरहेको बताए । उनले लोडसेडिङ हट्दैमा विद्युतमा लगानी गर्नु पदैन भन्ने कुरा सरकारले गर्न नहुने बताए । उनले लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्था हुने हो भने अर्को समस्या आउने बताए ।

    उनले भने,‘विद्युत प्राधिकरणले केही नाफा गरेको छ । विगत लामो समयदेखि घाटामा गएको विद्युत प्राधिकरण नाफामा गएको छ । तर विद्युत प्राधिकरण पाँचदेखि ६ वर्षमा नाफामा नआएको भए विद्युत प्राधिकरणले करिव १ खर्ब लगानी नगरेको भए । अहिले पनि १६ घण्टा लोडसेडिङमा बस्नुपर्ने स्थिति रहने थियो । लोडसेडिङ विद्युत सप्लाई गरेर मात्रै पनि समाप्त हुँदैन । लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्नुपर्छ । प्रशारण लाइनहरु बनाउनुपर्छ । ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो छ । ४०० केभीको ट्रान्समिसनलाइन बनाउन करिब ४ अर्ब रुपैयाँ लाग्छ । १३२ केभी सवस्टेसन बनाउन २ अर्ब रुपैयाँ लाग्छ । यस्ता सयौं सवस्टेसनहरु बनाउनुपर्छ । हजारौं किलोमिटर ट्रान्समिसन लाइन बनाउनु पर्ने छ । प्राधिकरणले सबै जनतालाई विद्युतको पहुँच पुर्‍याउने भनेर अहिले ९५ प्रतिशत पुगेको छ । अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पुर्‍याउने भनेर लगानी गरिरहेका छौं । उर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाई दिएन सकेनौं भने अब आउने विद्युतलाई हामीले राम्रोसँग विद्युत खपत गर्न सक्ने स्थितिमा हुँदैनौं । सरकारलाई म के भन्छु भने विद्युत प्राधिकरणले नाफा कमायो । प्राधिकरणलाई बजेट चाहिँदैन भन्ने होइन । प्राधिकरणले थप लगानी गर्नुप¥यो त्यसबाट नेपालको व्यापारघाटा विद्युतबाट मात्रै कम गर्नसक्छ । अब पाँच वर्षभित्र करिव २ खर्बको विद्युत निर्यात गर्नसक्छौं भन्ने उदेश्यले लगानी भएको छ । तर हामीसँग संरचना भएन भने विद्युत निर्यात गर्न सक्दैनौं । विद्युत खपत र निर्यात गर्न नसक्दा त्यसको असर ठूलो पर्नेछ । लोडसेडिङ हटेको छ । विद्युतमा लगानी गर्नुपदैन भन्ने होइन । अब नेपालमा विद्युतको लागि लगानी आवश्यक भएको छ । लगानी गर्ने क्षेत्रले विद्युतलाई वेवास्था हुने हो भने अर्को समस्या आउँछ । वनदेखि स्थानीय निकायहरुले सहयोग नगर्ने अनि एउटा ट्रान्समिसन लाइन बनाएन भनेर दोष लगाउन पाइँदैन ।’

    उनले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताए । उनले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए । उनले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताए ।

    उनले पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने बताए । उनले विद्युत क्षेत्रमा लगानीका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend