logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट छनोट

    जिम्बाव्वेसामू नेपालद्वारा २ सय ९१ रनको लक्ष्य प्रस्तुत

    जिम्बाव्वेसामू नेपालद्वारा २ सय ९१ रनको लक्ष्य प्रस्तुत

    1.5K
    Shares
    जिम्बाव्वेसामू नेपालद्वारा २ सय ९१ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बाव्वेसामू २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रनको योगफल बनाएको हो ।

    एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्म धेरै ठूलो योगफल हो । यसअघि नेपालले कीर्तिपुरमा ओमानविरूद्ध ३१० र पपुवा न्युगिनीविरुद्ध २९७ रन जोडेको थियो ।

    जिम्बाव्वेविरुद्ध दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी कायम गरे । २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध यहीँ जोडिले ११४ रनको साझेदारी गरेका थिए ।

    एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले कुशल भुर्तेल चुके । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गर्दै आउट गरे। ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हिर्काएका थिए ।

    यस्तै, अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट हुन पुगे ।

    कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी खेले । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा क्रिज बाट बाहिरिए ।

    गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नट आउट रहे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend