logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आठौं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु महानगरको ज्यादतीः आयोजक

    आठौं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु महानगरको ज्यादतीः आयोजक

    1.9K
    Shares
    आठौं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु महानगरको ज्यादतीः आयोजक

    काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले आठौं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको छ ।

    आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले आठौं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको हो । आायेजकमा उच्च शिक्षालय तथा माध्यमिक विद्यलय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन लिमिटेड रहेका छन् ।

    उनीहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महा नगरपालिका लाई जानकारी दिएर शुरु भएको मेला कुनै लिखित जानकारी बिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा बन्द गराउनु न्यायाचित नभएको उनीहरुको ठहर छ ।

    पत्रकार सम्मेलनमा बोल्दै हिसानका उपाध्यक्ष युवराज शर्माले काठमाडौं महानगरपालिकाका प्रहरीहरुले माथिको आदेश भनि हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसुचित हुने अधिकार वञ्चित गराएको बताए ।

    उनले भने, ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यलय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन लिमिटेडको संयुक्त आयोजनामा २०८० जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा आठौं कान्तिपुर हिसान एडु फेयर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा उद्घाटन भइसकेको मेला दिउँसो अचानक गैर कानूनी ढंगले काठमाडौं महानगरपालिकाका प्रहरीहरुले माथिको आदेश भनि हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसुचित हुने अधिकार वञ्चित गराएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महानगरपालिकालाई जानकारी दिएर शुरु भएको मेला कुनै लिखित जानकारी बिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा आएर जेठ ३२ गते बन्द गराएको उक्त ज्यादतीपूर्ण हस्तक्षेपको घोर भत्र्सना गर्दछौँ ।’

    आयोजकले शिक्षा जगतलाई नै तरंगित र आतंकित बनाएको आरोप लगाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend