logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशन भाेलिदेखि

    नेपाल ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशन भाेलिदेखि

    1.6K
    Shares
    नेपाल ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशन भाेलिदेखि

    काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा शुरु हुने भएको छ ।
    आईतवार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताए । उनले नेपाली ट्रेड युनियन काँग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिए ।

    उनले करिव १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा नेपाली काँग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरु, नेपाल सरकार, रोगारदाता संघका विशेष प्रतिनिधिहरुको सहभागीतामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने बताए ।

    उनले भने, ‘महासंघको सातौँ ऐतिहासिक राष्ट्रिय महाअधिवेशन यही २०८० असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ । नेपाली ट्रेड युनियन काँग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको छ । करिव १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा नेपाली काँग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरु, नेपाल सरकार, रोगारदाता संघका विशेष प्रतिनिधिहरुको सहभागीतामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुनेछ । वर्तमान समयमा श्रमीकका मुद्दाहरु थप चुनौतिपूर्ण बन्दै गएका छन् । श्रमीकका आधारभुत अधिकार कटौति हुन थालेका छन् । श्रम ऐन, कानूनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमीक कटौती गर्ने काम शुरु भएको छ ।’

    उनले वर्तमान समयमा श्रमीकका मुद्दाहरु थप चुनौतिपूर्ण बन्दै गएको र श्रमीकका आधारभुत अधिकार कटौति हुन थालेको बारेमा महाधिवेशनमा विशेष छलफल हुने बताए । उनले श्रम ऐनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमीक कटौती गर्ने काम शुरु भएकोप्रति आपत्ति जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend