logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माधव नेपालको दाबी– वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध बनाउन मोर्चा

    माधव नेपालको दाबी– वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध बनाउन मोर्चा

    1.3K
    Shares
    माधव नेपालको दाबी– वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध बनाउन मोर्चा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् ।

    आईतवार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताएका हुन् ।

    उनले सो मोर्चा वैचारिक मोर्चा हुने बताए । उनले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताए । उनले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने बताए ।

    उनले भने, ‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरुलाई मिलाएर लानु पर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ । त्यसमा सहमत भएका पक्षहरुलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरु आउनु हुनेछ । देशभक्तहरु एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ? लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरु एक ठाउँमा हुनु, समाजवादी शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? अर्थात् निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वभाविक ठान्नुपर्दछ । र खुशी हुनुपर्दछ । त्यसैले हामीले समाजवादी शक्तिहरुलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ । जम्मा गरेका छौँ । पहल लिएका छौँ । सक्रियता देखाएका छौँ । यसबाट चिन्तित हुनुपर्ने, आफ्नो बिरुद्धमा कदम चालेको नकारात्मक रुपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend