logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशलाई राजनीतिक स्थायित्व दिन समाजवादी एकता: मेटमणि चौधरी

    देशलाई राजनीतिक स्थायित्व दिन समाजवादी एकता: मेटमणि चौधरी

    1.9K
    Shares
    देशलाई राजनीतिक स्थायित्व दिन समाजवादी एकता: मेटमणि चौधरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले देशलाई स्थिर रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिएको बताएका छन् ।

    उनले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको बताए ।

    उनले भने, ‘मुलुकलाई स्थिर रुपमा अगाडी बढाउनको लागि सकभर जति सकिन्छ धेरै राजनीतिक दलहरुको बिचमा एकता गर्ने, एकता गर्नका लागि मोर्चा बनाउनुपर्ने आवश्यकता भयो र मोर्चाको तयारी गरिरहेका छौँ । दोस्रो कुरा मुलुकलाई सैद्धान्तिक, वैचारिक रुपमा अगाडी बढाउनुपर्छ । नेपालको कम्युनिस्ट पार्टी, आन्दोलनलाई एकीकृत रुपमा अगाडी बढाउने मनशायका साथ मोर्चा पहिलो खुड्किलोको रुपमा अगाडी बढाएका छौँ । यसलाई हामी पार्टी एकताको प्रक्रियासम्म पुर्‍याउनेगरी अगाडी बढेका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend