logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रघुजी पन्तको कटाक्ष– सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउन मात्रै समाजवादी मोर्चा

    रघुजी पन्तको कटाक्ष– सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउन मात्रै समाजवादी मोर्चा

    1.5K
    Shares
    रघुजी पन्तको कटाक्ष– सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउन मात्रै समाजवादी मोर्चा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन् ।

    उनले सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्न नसक्ने बताए । सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तत्कालिक उद्देश्य रहेको बताए ।

    उनले भने, ‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रुपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला । तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्छ भन्ने सम्भावना चाहीँ अहिलेसम्म मैले देखेको छैन । आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरुको तत्कालिक उद्देश्य देखिन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend