logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संविधानको रक्षा र सफल कार्यान्वयन गर्न समाजवादी एकता अपरिहार्य: लेखनाथ दाहाल

    संविधानको रक्षा र सफल कार्यान्वयन गर्न समाजवादी एकता अपरिहार्य: लेखनाथ दाहाल

    2.7K
    Shares
    संविधानको रक्षा र सफल कार्यान्वयन गर्न समाजवादी एकता अपरिहार्य: लेखनाथ दाहाल

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दलहरुका बीचमा मोर्चा बन्न लागेको बताएका छन् ।

    देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उनले बताए । उनले सत्ता साझेदार दलहरुका बीचमा कुनै खट्पट भएर मोर्चा बनाउन नलागेको स्पष्ट पारे ।

    उनले भने, ‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्ने र संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दल, विभिन्न पात्र र प्रवृत्तिहरुको बिचमा हामीले समाजवादी मोर्चा बनाउन लागेका छौँ । यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो । यसको सरकार सञ्चालनसँग, सरकारलाई सहयोग गर्नका लागि एउटा वातावरण त बन्छ । तर अहिले यो तत्काल सत्ता साझेदार दलका बीचमा कुनै समस्या पैदा भएर त्यसपछ समाजवादी मोर्चा बनाउन खोजिएको होइन । यो विशेषगरी विचारधारात्मक राजनीतिक प्रश्न पनि हो । विचारधारात्मक हिसावले, राजनीतिक, कार्यनीतिक हिसावले हामी एक ठाउँमा उभिन सक्यौँ मुलुकको विकास, समृद्धिको नेतृत्व गर्ने, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर, जनताको इच्छा, आंकाक्षा, राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्ने राजनीतिक दल, पात्र र प्रवृत्तिहरुको केन्द्रीकरणको उद्देश्यले समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो । सरकारमा कुनै समस्या छैन । सत्ता साझेदार दलका बिचमा कहीँ गडबढ भएर , खट्पट भएर यो मोर्चा बनाउन लागिएको होइन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend