logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ठाकुरप्रसाद गैरेको टिप्पणी– समाजवादी मोर्चा नफल्ने खेती

    ठाकुरप्रसाद गैरेको टिप्पणी– समाजवादी मोर्चा नफल्ने खेती

    2.2K
    Shares
    ठाकुरप्रसाद गैरेको टिप्पणी– समाजवादी मोर्चा नफल्ने खेती

    काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नफल्ने खेती भएको टिप्पणी गरेका छन् । उनले यो मोर्चाले कुनै लाभ दिन नसक्ने बताए ।

    उनले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु समाजवादी आन्दोलनकै पक्षमा नभएको बताए । उनले समाजलाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरुको मोर्चाले केही काम गर्न नसक्ने बताए ।

    उनले भने, ‘समाजवादी मोर्चा भनिदैछ, यो नफल्ने खेती, बिरुवा नअंकुराउने खेती हो । यसले कुनै लाभ दिन सक्दैन । उहाँहरुले जे आवरणमा, जे ब्यानरमा हामी गर्छौ भनेर कोशिस गर्दै हुनुहुन्छ, जबकी उहाँहरु समाजवादी आन्दोलनको पक्षमा हुनुहुन्न । उहाँहरु कम्युनिष्ट आन्दोलन बलियो बनाउने उहाँहरुको स्पष्ट दृष्टिकोण छैन । उहाँहरुसँग कुनै समाजलाई अगाडी बढाउनको लागि कुनै ठोस कार्यक्रम र योजनाहरु छैनन् ।’

    उनले सत्तारुढ दलहरुले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाइरहँदा आम जनताले ठिक पार्टी एमाले नै रहेछ भन्ने महशुस गर्न अवसर पाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend