मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कर्णाली नदीमा जीप खस्यो, चालक गम्भीर घाइते

कर्णाली नदीमा जीप खस्यो, चालक गम्भीर घाइते

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए ।

जीपमा चालकसहित १३ सवार थिए । जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो ।

उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ । उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend