logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णाली जिप दुर्घटनामा गम्भीर घाइते चालकको मृत्यु

    कर्णाली जिप दुर्घटनामा गम्भीर घाइते चालकको मृत्यु

    2.7K
    Shares
    कर्णाली जिप दुर्घटनामा गम्भीर घाइते चालकको मृत्यु

    हुम्ला । हुम्लामा सोमबार बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ । जिप दुर्घटना हुँदा गाडीबाट हाम फालेर बच्न सफल भएका चालक राजेशहेमजंग तामाङको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा ज्यान गएको हो ।

    सख्त घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

    आज बिहान सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको थियो । हिल्साका लागि गएको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जिप च्याछहरा भीरको उकालो चढ्दै गर्दा कर्णाली नदीमा खसेको हो ।

    सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि छुटेको जिप बिहान करिब ७ बजे उक्त भीरबाट खसेको प्रहरीले जनाएको छ ।

    कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो । च्याछहराको भीरमा अप्ठ्यारो उकालो बाटोका कारण यात्रुसहित जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए । यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा नदीमा खसेको थियो ।

    चालकले अप्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले आफू मरेर पनि १२ जना यात्रुको ज्यान जोगाएर ठूलो मानवीय क्षति हुनबाट जोगिएको डीएसपी भट्टराईले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend