logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोशीमा सरकारी टोली र आन्दोलनरत पहिचानवादीबीच ५ घण्टा वार्ता, विषय प्रवेश र अर्को बैठक बस्ने सहमति

    कोशीमा सरकारी टोली र आन्दोलनरत पहिचानवादीबीच ५ घण्टा वार्ता, विषय प्रवेश र अर्को बैठक बस्ने सहमति

    3.1K
    Shares
    कोशीमा सरकारी टोली र आन्दोलनरत पहिचानवादीबीच ५ घण्टा वार्ता, विषय प्रवेश र अर्को बैठक बस्ने सहमति

    कोशी । प्रदेशको नाम कोशी राखिएकोप्रति विरोध जनाउँदै आन्दोलित रहेको पहिचार पक्षधर र प्रदश सरकारबीच आज सोमबार वार्ता भएको छ । विराटनगरको होटल विगमा सोमबार विहानदेखि झण्डै ५ घण्टा लामो छलफल भएको हो ।

    सो वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दुबै पक्षले छलफल अत्यन्तै सौहार्द्धपूर्ण भएको र फेरि वार्ताबाटै समाधन गर्ने बताएका छन् । दुबै पक्षबीचको सहमतिका आधारमा अर्को वार्ताको मिति तय गर्ने उनीहरुले बताए ।

    सरकारको तर्फबाट वार्ता टोलीका संयोजक मन्त्री तिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुनःवार्तामा बस्ने सहमति जुटेको जानकारी दिए। पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्तामा विषय प्रवेश गरिएको बताउँदै फेरि अर्को वार्ता बस्ने सहमति भएको बताए ।

    गत १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरु आन्दोलित भएका थिए । उनीहरुले विराटनगर केन्द्रित आन्दोलन गरेका थिए । उनीहरुले शीर्ष नेता र कोशी प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा अवरोध गर्दै आइरहेका थिए ।

    आन्दोलनरत पक्षका वार्ता टोली सदस्य ग्याल्जे शेर्पाले सरकारसँग वार्ता प्रारम्भ भएको र अर्को बैठकमा छलफल गर्ने समझदारी बनेको प्रतिक्रिया दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend