logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ: अध्यक्ष लिङ्देन

    मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ: अध्यक्ष लिङ्देन

    1.8K
    Shares
    मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ: अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए । उनले कूटनीतिक क्षेत्रमा नियुक्ति गर्दा राजनीतिक रुपमा गर्ने परम्पराको अन्त्य गर्न परराष्ट्र मन्त्रालय गम्भीर हुनुपर्ने बताए ।

    रासायनिक मलको बर्सेनि अभाव हुने समस्या अन्त्यका लागि स्वदेशमै मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई प्रबद्र्धन गर्नुपर्ने सांसद लिङ्देनको भनाइ थियो । उमेर पुगेर पनि नेपाली नागरिकले नागरिकता नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

    ‘बाबुआमा नेपाली भएर पनि नागरिकताविहीन हुने अवस्था विडम्बनापूर्ण छ’, सांसद लिङ्देनले भने, ‘यस्तो अवस्था हुनुहुँदैन । नागरिकतासम्बन्धी नयाँ विधेयक अहिलेको संसद्मा ल्याइओस् । हामी छलफल गरेर छिटो पारित गर्न तयार छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend