logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • समाजवादी मोर्चाको घोषणाबाट कोही पनि तर्सिनु पर्दैनः उपेन्द्र यादव

    समाजवादी मोर्चाको घोषणाबाट कोही पनि तर्सिनु पर्दैनः उपेन्द्र यादव

    2.1K
    Shares
    समाजवादी मोर्चाको घोषणाबाट कोही पनि तर्सिनु पर्दैनः उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्ध लक्षित नभएकाले यसबाट कोही तर्सिन आवश्यक नरहेको बताएका छन् ।

    आज सोमबार काठमाडौस्थित राष्ट्रिय सभा गृहमा आयोजित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं’ अध्यक्ष यादवले भने ।

    यद्यपी, विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend