सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं: माधव नेपाल

कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं: माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थकेन्द्रित नभएको दाबी गरेका छन् ।

एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति इंकित गर्दै उनले कसैले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि मोर्चा नबनाइएको बताएका हुन् ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकतावद्ध हुन मोर्चाबन्दी गरेको बताउँदै उनले भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’ उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन र एमालेको मुकाबिला गर्न मोर्चा बनाउन लागेको टिप्पणी गरेका थिए । उनले उक्त भनाइको खण्डन गरेका हुन् ।  ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाव दिन र कसैलाई तर्साउन चाहेको पनि होइन ।’ उनले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend