logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिने निर्णयविरुद्ध विरोध प्रदर्शन

    उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिने निर्णयविरुद्ध विरोध प्रदर्शन

    1.2K
    Shares
    उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिने निर्णयविरुद्ध विरोध प्रदर्शन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन भएको छ ।

    बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको विरोध प्रदर्शनमा उपप्राध्यापक चलाउने आफैं पनि सहभागी छन् ।

    प्रदर्शनमा उत्रिएकाहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’ जस्ता नारासहितका प्ले कार्ड बोकेका छन् ।

    गत २० असोज २०७७ मा उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको आरोपमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

    सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले हिजोदेखि अनसन थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend