logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियाे, पेसमेकर राखियो

    राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियाे, पेसमेकर राखियो

    2.1K
    Shares
    राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियाे, पेसमेकर राखियो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालमा असन्तुलन देखिएपछि पेसमेकर राखिएको छ । आज मंगलवार मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

    सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा मंगलवार दिउँसो जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको बताइएको छ ।

    राष्ट्रपतिलाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल लगिएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो ।

    आज मंगलबार बिहान असहजता महसुस भएपछि राष्ट्रपति पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगाइएको थियो । पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो ।

    पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार मुटुको चाल कम हुँदा पेसमेकरको प्रयोग गरिन्छ । जसले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ ।

    डा. खनालले अगाडि उल्लेख गरेका छन्– ‘मुटुले चाल कम भएपछि शल्यक्रिया गरेर ब्याट्री राखिन्छ । जुन देब्रे छातीको मुनिको भागमा राखिन्छ । त्यसबाट तार लगेर मुटुमा जोडिन्छ । मुटु चाल कम भएको बेला त्यही तारले धड्कन दिएर मुटु चल्छ,’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend