काठमाडौं । जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोट खेलमा नेपालले अमेरिकाको आठौं विकेट छारेको छ ।
नेपाली टोलीका दिपेन्द्र सिंह ऐरीले ४३ औं ओभरमा अमेरिकाका जेस्सी सिंहलाई क्याच आउट गराए । उनलाई रोहित पौडेलले क्याच आउट गरेका हुन् ।
अमेरिकाले ४५ ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १८९ रन बनाएको छ । आजको खेलमा नेपालका करण केसीले सर्वाधिक चार विकेट लिए । ऐरीले दुई तथा गुल्सन झा र ललित राजवंशीले समान एक विकेट दिलाउन सफल भए ।
अमेरिकाका शयन जहाँगिर ६७ बलमा ८५ रन बनाएर खेलिरहेका छन् । त्यसअघि सुशान्त मदानीले ४२ तथा गजानन्द सिंहले २६ रनको योगदान दिए ।