logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विश्वकप छनोट: अमेरिकाद्वारा नेपालसामू २०८ रनको विजयी लक्ष्य

    विश्वकप छनोट: अमेरिकाद्वारा नेपालसामू २०८ रनको विजयी लक्ष्य

    1.4K
    Shares
    विश्वकप छनोट: अमेरिकाद्वारा नेपालसामू २०८ रनको विजयी लक्ष्य

    काठमाडौं । जिम्बाव्वेको हरारेमा जारी विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपालसामू २०८ रनको जितका लागि लक्ष्य प्रस्तुत गरेको छ । नेपाल अबको केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

    टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा २०७ रन जोड्यो । अमेरिकी टोलीका सयन जंहागीर १०० रनमा अविजित रहे ।

    अमेरिकाको सुरुवात एकदमै खराब थियो । पावर प्लेमा करण केसीले आक्रामक बलिङ गरेपछि अमेरिकाले १९ रन बनाउँदा आफ्ना चार महत्पूर्ण विकेट गुमाउनु परेको थियो ।

    तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी खेले । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले उनीहरुको साझेदारी टुटाए । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच आउट गरे ।

    यद्यपि, त्यसपछि आएका जंहागीरले क्रिजमा टिकेर पारी सम्हाले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी कायम गरे । ४२ रनको योगदान दिएका मदानीलाई ललित राजवंशीले बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराउन सफल भए ।

    यसैगरी, जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीको बलमा कप्तान रोहित पौडेलले क्याच आउट गरे ।
    बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । सोहीक्रममा उनले ४८.३ ओभरमा शतक कटाए ।

    करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा खर्चेर अर्को ५० रन जोड्दै शतक पूरा गरे ।

    गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा आएका क्याल फिलिपले पहिलो बलमा रन बनाउन सकेनन् । योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट हुन पुग्यो ।

    नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend