logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • साफ च्याम्पियनसिप

    साफ च्याम्पियनसिप : नेपाल बलियो टोली कुवेतलाई चुनौती दिन तयार

    साफ च्याम्पियनसिप : नेपाल बलियो टोली कुवेतलाई चुनौती दिन तयार

    2.5K
    Shares
    साफ च्याम्पियनसिप : नेपाल बलियो टोली कुवेतलाई चुनौती दिन तयार

    काठमाडौं । बुधबारदेखि भारतको बैंगलोरमा १४ औं संस्करणको साफ च्याम्पियनसिप सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ साफ आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल पनि सहभागिता जनाउँदै छ ।

    नेपाली टोली धेरै नयाँ खेलाडी र थोरै समयको तयारीमा मात्रै बैंगलोर पुगेको छ । यो स्थितिमा पनि नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कठिन प्रतिद्वन्दी विरुद्ध खेल्न तयार रहेको जनाएका छन् ।

    प्रतियोगितामा समूह ए मा रहेको नेपालले पहिलो खेलमै बुधबार कुवेतसँग मुकाविला गर्दैछ ।

    अहिलेसम्म ९ खेल खेल्दा २०१९ मार्चमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी कुवेतसँग गर्नु नै नेपालको महत्वपूर्ण सफलताको रुपमा रहेको छ। त्यसभन्दा अगाडि र त्यसभन्दा पछिका ८ खेलमा कुवेतसँग नेपाल पराजित भएको थियो ।

    नेपालकै समूहमा भारत र फिफा निलम्बनबाट फर्केर पहिलो पटक साफ खेल्न लागेको पाकिस्तान पनि सामेल छन् ।

    ‘हाम्रो ट्याक्टिकल सेसन धेरै भएन । प्रशिक्षका रुपमा म धेरै चाहन्थेँ,’ नेपाली टिमका प्रशिक्षक एनेसले भने, ‘हामीसँग जे छ त्यसैमा काम गर्नुपर्छ । म टिमप्रति सकरात्मक छु र हामीले नयाँ अनुभवमा विश्वास गर्नुपर्छ ।’

    प्रशिक्षक एनेसले यसपटक टिममा नयाँ खेलाडीहरु रहेकाले उनीहरुले राम्रो अन्तर्राष्ट्रिय अनुभव लिने आशा गरे । ‘नयाँ पुस्ताका खेलाडी र प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्ने आशा छ’, उनले भने ।

    राष्ट्रिय टिमबाटै खेलिसकेका धेरै खेलाडी आफ्नो राम्रो भविष्यको खोजीमा अष्ट्रेलिया गएकाले नेपाली टोलीमा नयाँ र युवा खेलाडीको बाहुल्यता रहेको छ ।

    ‘हाम्रा धेरै खेलाडीले साफमा पहिलो पटक खेल्दैछन् र यो साफको हिस्सा हुन पाउनु धेरै महत्वपूर्ण हो,’ भारतीय आईलिग टिमको प्रशिक्षक रहिसकेका एनेसले थपे, ‘हामी राम्रो टिमहरु भारत, कुवेत र पाकिस्तानसँग खेल्दैछौं ।’

    १४औं पटक प्रतियोगितामा सहभागी नेपालका लागि फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गएको संस्करणमा नेपाल फाइनल प्रवेश गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend