logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तनहुँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    तनहुँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    2.7K
    Shares
    तनहुँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । उनलाई आँबुखैरेनी अस्पताल उपचारका लागि पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend