logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • इसेवाको पैसा एटिएमबाट झिक्न सकिने

    इसेवाको पैसा एटिएमबाट झिक्न सकिने

    5.1K
    Shares
    इसेवाको पैसा एटिएमबाट झिक्न सकिने

    काठमाडौं। इसेवाको पैसा एटिएमबाट झिक्न सकिने भएको छ। यसका लागि बुधबार एभरेस्ट बैंकका डेपूटी सिइओ विजय कुमार श्रेष्ठ र इसेवाका सिइओ जगदिश खड्काबीच सम्झौतामा भएको हो।

    इसेवा र एभरेष्ट बैकको यो सम्झैताले ग्रहकलाई सहजता हुने एभरेष्ट बैंकका डेप्यूटी सिइओ विजय श्रेष्ठले बताए । ‘कहिलेकाहीँ पैसा नभएको अवस्थामा क्यासको आवस्यकता पर्न सक्छ। त्यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुन्छ,’ उनले भने।

    इसेवाले ग्राहकको जनजीवन सहज बनाउन काम गरिरहेको र यो सेवा पनि त्यसैको हिस्सा रहेको इसेवाका सिइओ खड्का बताउँछन्। यो सेवा केही समयका लागि निःशुल्क गरिएको र त्यसपछि नेपाल राष्ट्र बैंकको निती बमोजिम शुल्क लाग्ने उनले जानकारी दिए।

    यो सेवा प्रयोग गर्न इसेवाको एप प्रयोग गरी मोबाइलमा आएको ओटिपी कोड एटिएममा प्रविष्ट गरेर ५ हजार रुपैयाँसम्म झिक्न सकिने खड्काले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend