logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईसीसी विश्वकप छनोटमा नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दै

    आईसीसी विश्वकप छनोटमा नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दै

    4.3K
    Shares
    आईसीसी विश्वकप छनोटमा नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दै

    काठमाडौँ । नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ । पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग आज नेपालले क्रिकेट खेल्दै छ ।

    आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

    खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

    नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

    ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् ।

    यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend