logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

    चीनको रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

    2.6K
    Shares
    चीनको रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

    एजेन्सी । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।

    निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विफोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल राहत र घाइतेको उपचारमा सहयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीले महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

    यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend