logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछाने भन्छन्– इतिहास पढ्ने विषयमात्र नभएर नयाँ इतिहास रच्ने विषय पनि हो

    रवि लामिछाने भन्छन्– इतिहास पढ्ने विषयमात्र नभएर नयाँ इतिहास रच्ने विषय पनि हो

    1.2K
    Shares
    रवि लामिछाने भन्छन्– इतिहास पढ्ने विषयमात्र नभएर नयाँ इतिहास रच्ने विषय पनि हो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास रच्ने विषय पनि भएको बताएका छन् ।

    रास्वपाले आज पहिलो स्थापना दिवस मनाइरहँदा सभापति लामिछानेले इतिहास पढ्ने विषयमात्र नभएर नयाँ इतिहास रच्ने विषय पनि भएको उल्लेख गरेका हुन् । गत असार ७ गते आजकै दिन स्थापना भएको पार्टी अहिले २१ जना प्रतिनिधि सभा सदस्यसहित संसद्को चौथो ठूलोको दलका रुपमा रहेको छ ।

    उनले अगाडि थप्दै भने, ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भनेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    ‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफ्नो हातमा हुन्छ। रास्वपा एक वर्षको हुन लाग्दा हिजोको जग खडा गर्नु हुने सीधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु’ उनले उल्लेख गरेका छन् ।

    आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन उनले आह्वान पनि गरेका छन् ।

    अहिले रास्वपाको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्ने र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चियापान समारोहको आयोजना गर्ने रास्वपाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend