logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाबुरामजीलाई हामीले छाडेका होइनौं, उहाँको एक्लै हिँड्ने बानी छ : उपेन्द्र यादव

    बाबुरामजीलाई हामीले छाडेका होइनौं, उहाँको एक्लै हिँड्ने बानी छ : उपेन्द्र यादव

    1.4K
    Shares
    बाबुरामजीलाई हामीले छाडेका होइनौं, उहाँको एक्लै हिँड्ने बानी छ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी बन्ने आकलन गलत भएको बताएका छन् ।

    सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा एउटै पार्टी बन्ने अनुमान सही नभएको बताएका हुन् ।

    मोर्चा आबद्ध कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने बताउँदै उनले भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’

    डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा नसमेटिएको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले मोर्चा बनाउन एक वर्षयता भएको छलफलका क्रममा डा. बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको उल्लेख गरे ।

    ‘बाबुराम भट्टराई समातेको पनि होइन, छोडेको पनि होइन हामीले, बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भा’छ कि जस्तो छ ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend