आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विश्वविजेता वेष्ट इण्डियनलाई दबाबमा पार्दै नेपाल

विश्वविजेता वेष्ट इण्डियनलाई दबाबमा पार्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङमा उत्रिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टसमा जारी खेलमा नेपाली राष्ट्रिय टोलीका बलरहरुले विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रन बनाउन संघर्ष गरिरहेका छन् ।

पावर प्ले (१० ओभर) को खेल समाप्त हुँदा वेष्ट इण्डिज २ विकेटको क्षतिमा ३० रन जोडेको छ । दुई पटक विश्वविजेता वेष्ट इण्डिजका ब्याटरहरुलाई अहिलेसम्म विश्वकप खेल्ने मौका नपाएका नेपाली टिमका बलरहरुले दबाबमा राख्न सफल देखिएका छन् ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गर्न सफल भएको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेटमा आकर्षक क्याच आउट गराउन सफल भए ।
करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच चुनिएका थिए ।

गुल्सन झाले पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई विकेटकिपर आसिफ शेखबाट आउट गराउन सफल भए ।

गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता सम्म खोल्न सकेनन् ।

आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले हार व्यहोरेको थियो। ५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकासँग ६ विकेटले विजयी भएको थियो ।

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी नेपाल टिममा छन्  ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend