logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • वेष्ट इण्डिजले नेपाललाई जितका लागि दियाे ३४० रनको विशाल लक्ष्य

    वेष्ट इण्डिजले नेपाललाई जितका लागि दियाे ३४० रनको विशाल लक्ष्य

    1.1K
    Shares
    वेष्ट इण्डिजले नेपाललाई जितका लागि दियाे ३४० रनको विशाल लक्ष्य

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालसामु विश्व विजेता वेष्ट इण्डिजले ३४० रनको जितका लागि विशाल लक्ष्य प्रस्तुत गरेको छ । नेपालले पाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रनको योगफल तय गरेको हो ।

    खेलको सुरुवाती क्रममा नेपालले तीन ब्याटरलाई सजिलै आउट गर्न सफल भए पनि त्यसपछि नेपाली बलरहरुले विकेट लिन संघर्षरत हुनु प¥यो ।

    नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले आकर्षक क्याच आउट गरेका थिए ।

    करणले यसअघि अमेरिकाविरुद्धको खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच भएका थिए ।

    पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गराउन सफल भए ।

    गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्नै सकेनन् ।

    यसअघि १५.३ ओभरमा तेस्रो विकेट ब्रेन्डन किंगलाई ३२ रन बनाएर खेल्दै गर्दासन्दीप लामिछानेले बोल्ड आउट भए ।

    ४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

    ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराउन सफल भए ।

    पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए । ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराएका थिए ।

    बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए ।

    सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए । अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए । नेपालले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो ।

    प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले हाराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

    आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने अवसरको आशा कायम राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend